एजेन्सी–बेलायतमा कोरोना भाइरस  (कोभिड–१९) विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वास्थ्य स्वयंसेवकले खोप लिएका छन्।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सयसम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्। बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक एलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको