एजेन्सी- इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले हालसालै आफ्नो निगरानी सुचीबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पहिचान गरेको आतंकबादीहरुसहित लगभग ४ हजार आन्तकबादीको नामहरु हटाएको छ ।
पाकिस्तान सरकारले झन्डै आधा आतंकबादीको नाम हटाएर उनीहरूको सम्पत्ति कब्जा हुनबाट बचाउन कोशिस गरिरहेको आरोप लागेको छ। पाकिस्तान सरकारको सुची ७ हजार २ सय जना आन्तंकबादीहरु नाम थियो |
यता सुरक्षा परिषदको अनुगमन समितिको भ्रमणरत टोलीलाई पाकिस्तानले भनेको छ कि संयुक्त राष्ट्र संघको प्यानलले अपर्याप्त जानकारी दिएकाले आफ्नो निगरानी सूचीमा सूचीकृत धेरै व्यक्तिविरूद्ध कारबाही गर्न पाकिस्तान असक्षम छ। सुरक्षा परिषदको को१ हजार २ सय ६७ जनाको सूचिमा १ सय ३० जना पाकिस्तानी आतंककारीहरूको नाम छ।
यद्यपि पाकिस्तानले सुचीमा भएको १९ जनालाई मात्र आतंककारी रहेको स्वीकार गरेको छ जसमा लश्कर-ए-तैयबा नेता हाफिज सईद पनि छन्। यसअघि पाकिस्तानले २०१३ देखि नै संयुक्त राष्ट्रसंघको रेकर्डमा उल्लेख गरिएको आन्तकबादी समूह लश्कर-ए-झांगवीका प्रमुख परिचालक कमाण्डर मतिउर रहमानलगायत छ जना आतंककारीहरूको नाम हटाउन अनुरोध गरेको थियो।
संयुक्त राष्ट्रसंघको अनुगमन टोली गत महिना नै पाकिस्तान आएको थियो । सरकारले सो टोलीलाई संयुक्त राष्ट्रले आतंकवादीहरुको जन्म मिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर वा अन्य कुनै ठेगाना उपलब्ध नगराएकोले आतंकबादीहरुको नाम सुचीबाट हटाईएको बताएको छ । पाकिस्तानले यो बहानामा ती आतंकबादीहरुको नाम घेरलु सुचीबाट मात्र नभई संयुक्त राष्ट्रसंघको सुचीबाट पनि हटाउन खोजेको देखिन्छ ।पाकिस्तानले आतंकबादीहरुलाई कारबाहि गर्न पटक पटक प्रतिबध्ता जनाएपनि कार्यान्बयनमा भने खासै ध्यान दिने नगरेको आरोप लाग्दै आएको छ ।







