एजेन्सी -चीन सरकारले आफ्नो पक्षपोषणको खोलेको एक लाख हजा ७० हजार एकाउन्टहरू ट्वीटरले बंद गरेको छ । चीन सरकारको प्रबक्ता जस्तै ब्यबहार गरेको भन्दै ट्वीटरले त्यत्रो संख्यामा ती एकाउन्टहरू बन्द गरेको बताएको छ ।
हंगकंगमा चीन विरोधी प्रदर्शनहरू भैरहेको छ। यसका साथै कोविड -१९ मा चीनको रबैयाबारे विश्वको धेरै देशहरूले प्रश्न उठाएको छ । तर ती लाखौ अकाउंट्हरूले चीनलाई सही ठहराउन प्रयत्न गरेकोले ट्वीटरले सो कदम चालेको बुझिएको छ।
हंगकंगमा लामो समयदेखी लोकतंत्रको समर्थनमा आन्दोलन चलिरहेको छ। धेरै पटक आन्दोलनकारीमाथि हिंसक कारबाही भएको छ जसको विश्वभर आलोचना भइरहेको छ। तर, ट्वीटरमा ती एकाउन्टेहरूले चीनका कदमहरू ठीक रहेको ठहर गर्दथे ।
त्यस्तै, कोविड -१९ बारे अमेरिकालगाएतका थुप्रै देशहरूले चीनले वास्तविकता लुकाएको बताउदै आएको छ । तर ट्वीटरमा ती एकाउन्टहरूले चीनको पक्षपोषण गर्ने गर्थे ।







