एजेन्सी : कालापानीमा भारत र नेपालको सीमा विवादको कारण सारा नेपालीहरू क्रोधित छन्। तर चीन पनि भारतभन्दा कम छैन । भारतले जस्तै चीनको पनि नेपाललगाएत सबै छिमेकीहरूसङग सिमा बिवाद छ । हालै मात्र चीनले नेपालको सगरमाथामा नै आफ्नो दाबी गरेको छ । त्यस्तै भर्खरै चीनले भारतलाई गल्बान उपत्यकामा निशाना बनाएको छ।
यसैगरी चीनको सिमा बिबाद नेपाल र भारतबाहेक 23 अन्य देशहरूसङ्ग पनि रहेको छ । चीन विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र क्षेत्रफलका आधारमा तेस्रो ठुलो मुलुक हो। चीनले आफ्नो देशको सिमा 23 देशहरु जोडिएको दाबी गर्दछ र सबै सङग उसको सिमा बिबाद छ ।
चीनको अफगानिस्तानसङग धेरै पुरानो सिमा बिबाद छ। सन् 1963 मा सिमा सम्झौता भएता पनि चीनले अफगानिस्तानको ठूलो हिस्सा कब्जा गरेको छ। चीनले समय समयमा यहाँ आफ्नो उपस्थिति देखाउँछ ।
बर्मा-चीन सीमा विवाद पनि लामो समयदेखि चलिरहेको छ । बर्मा युआन वंशको समयमा 1271-1368 को बीचमा चीनको हिस्सा थियो। सोही आधारमा चीनले बर्माको ठूलो क्षेत्रमा अहिले पनि आफ्नो दावी गर्छ ।
चीनले भूटानको पनि ठूलो हिस्सामाथि दावी गर्दै सडकहरू निर्माण गर्दैछ। यति मात्र होइन, उसले यहाँको अन्तर्राष्ट्रिय सीमामा बन्कर पनि निर्माण गरेको छ। उसले निरन्तर यस क्षेत्रलाई आफ्नै भनेर वर्णन गर्दछ।
दक्षिण चीन सागरमा केही तटीय टापुहरू ब्रुनेईले ओगटेको छ। यद्यपि चीनले ती आफ्नो क्षेत्र मात्र रहेको दाबी गर्दैछ।
कुनै बेला मिङग राजवंशको बिस्तार कम्बोडियासम्म भएको थियो। यस आधारमा चीनले गाहे-बग कम्बोडियामा अहिले पनि आफ्नो अधिकार रहेको भन्छ।
इन्डोनेसियाको दक्षिण चीन सागरको केही क्षेत्रमा अधिकार छ। तर चीनले ती सम्पूर्ण क्षेत्रलाई आफ्नो भन्छ।
किर्गिजस्तानको पनि ठूलो हिस्सामा उसको भएको चीनले दावी गरेको छ। यसको साथसाथै चीनको कजाकिस्तानसँग पनि सीमा विवाद छ। यद्यपि दुई देशका बीच हालसालै सम्झौता भएको पनि छ।
पाकिस्तानसङग पनि चीनको हजारौं वर्गमीटर जग्गामा बिबाद छ । जसरी चीनले आर्थिक कोरिडोर निर्माण गर्दैछ, आउँदा समयमा यसबाट पाकिस्तानलाई सबैभन्दा ठूलो क्षति पुग्छ । यदि चीन आफ्नो चालमा सफल भयो भने पाकिस्तानको ठूलो हिस्सा चीनको अधीनमा रहनेछ।
यी सबै बाहेक, चीनले रूसको 1600 वर्ग किलोमिटरलाई आफ्नो रहेको दाबी गरेको छ। दुई देश बीच थुप्रै सम्झौताहरु भएको छ तर अहिले सम्म कुनै परिणाम आएको छैन।
ताइवानलाई चिनले आफ्नो हिस्सा मान्छ। यद्यपि ताइवानले आफुलाई स्वतन्त्र मान्छ।
सिंगापुरसँग पनि चीनको दक्षिण चीन सागरमा बिबाद छ। सिंगापुरले यहाँ माछा मार्दा चीनले धेरैपटक आपत्ति जनाएको छ।
दक्षिण कोरियाको पनि पूर्वी चीन सागरमा चीन धेरै क्षेत्रहरू कब्जा गरेको छ ।
खासमा चीनले विभिन्न कालखण्डमा गरेको राज्य बिस्तारको इतिहासको आधारमा अहिलेपनि दक्षिण चीन सागरको सम्पुर्ण क्षेत्रमाथी आफ्नो दाबी बताउदै आएको छ । त्यसकारण चीनको सबै छिमेकीहरूसङग सिमा बिबाद हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







