एजेन्सी : अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीन आर्थिक युद्धमा सामेल भएको भन्दै आलोचना गरेका छन् । अमेरिकालाई विश्व शक्ति राष्ट्रबाट उछिन्‍नका लागि चीनले आर्थिक युद्ध सुरु गरेको उनले बताएका हुन् ।

मिचिगनको ग्रान्ड र्‍यापिडमा बोल्दै बारले चीन सरकार व्यापार-व्यवसायमा लालची व्यवहार देखाइरहेको बताएका छन् ।

उनले भने, “पिपुल्स रिपब्लिक अफ चाइन अहिले आर्थिक युद्धका लागि आक्रामक तरिकाले अघि बढेको छ । सिंगो सरकारले विभिन्‍न षड्‍यन्त्रहरु रचना गरिरहेको छ । विश्वव्यापी अर्थतन्त्रको नेतृत्व गरेको अमेरकाविरुद्ध सामाजिक अभियान चलाएको छ । विश्वमा अमेरिकालाई विश्व शक्ति राष्ट्रबाट पछार्ने चीनको चाहना छ ।”

चीन अर्थतन्त्रमा आफ्नो स्थान उक्लिनमात्र होइन कि ती राष्ट्रहरुलाई पछार्ने षड्‌यन्त्रसमेत बनाइरहेको छ ।

उनले चिनियाँ स्वास्थ्य सामग्री र चिनियाँ कम्पनीमाथिको निर्भरता हटाउनसमेत चेतावनी दिएका छन् ।

यदि डिस्ने र अन्य अमेरिकी कर्पोरेसनहरुले बेइजिङमा निर्भर भएमा उनीहरुको भविष्य खतरामा पर्ने बताएका छन् ।

पछिल्लो समय हङकङ र साउथ चाइना सीका मामिलामा अमेरिका र चीनबीचो सम्बन्धमा तिक्तता पैदा भएको छ ।

https://sg.news.yahoo.com/united-states-attorney-general-william-bar-calls-chinas-223645229.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको