एजेन्सी – कोरोना महामारीकालाई नियन्त्रण गर्न सरकारले मानिसहरुलाई घरभित्रै बस्‍न आग्रह गरिरहेको बेला पाकिस्तानमा हिन्दु समुदायलाई भने घरबारविहीन बनाइएको छ । पाकिस्तानको पञ्‍जाब प्रान्तको भवलपुरका अल्पसंख्यक हिन्दु समुदायका घरहरु भत्काएर घरबारविहीन बनाइएको छ । प्रधानमन्त्री इमरान खान नेतृत्वको मन्त्रिमण्डलका आवास मन्त्री  तारिब बसिर चिमाकै निर्देशनमा हिन्दु समुदायका घरहरु भत्काइएको बताइएको छ । उनलाई पाकिस्तानका सूचना अधिकारी सहिद खोकरले साथ दिइरहेका छन् । उक्त घटनाका निकै पीडादायी दृश्यहरु सार्वजनिक भइरहेका छन् । घरबारविहीन बनाइएका हिन्दु समुदायमा महिला, बालबालिका र पुरुषहरु घर नभत्काउन रोइकराइ गरे पनि कसैले उनीहरुको चित्का सुनेका छैनन् ।

पाकिस्तानको मानवअधिकार आयोगले सरकार अल्पसंख्यकको अधिकार दिन असफल भएको निष्कर्ष निकाल्दै एक रिपोर्ट सार्वजनिक गरेपछि पञ्‍जाबमा पाकिस्तान बहुल मुस्लिम समुदायले हिन्दुहरुका घरहरु भत्काएका हुन् । त्यसैगरी यसअघि पञ्‍जाबकै खानेवाल जिल्लामा क्रिश्‍चियन समुदायका चिहानहरु र घरहरुसमेत भत्काइएको थियो । उनीहरुको घरहरु र चिहानहरु प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टीका नेताहरुले भत्काएका थिए ।

पाकिस्तानमा धर्मका नाममा मानवअधिकार उल्लंघनका घटनाहरु अनगिन्तिरुपमा भएका छन् । पाकिस्तानमा हिन्दु किशोरीहरुलाई अपहरण गरेर जबरजस्ती इस्लाम बनाएर विवाह गराउने क्रम पनि अझै रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको