एजेन्सी – पाकिस्तानमा शताब्दिऔं पुराना क्रश्चियनहरुमा चिहानहरु भत्काइएका छन् भने क्रिश्‍चियन समुदायका घरहरु भत्काउन थालिएका छन् ।

पञ्‍जाब प्रान्तको खानेवाल जिल्लामा रहेका क्रिश्‍चियनका घरहरु भत्काउन थालिएको बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-इ-इन्साफ (पीटीआई) सम्बन्धित राजनीतिज्ञहरुले पञ्‍जाबको खानेवालमा रहेका क्रिश्‍चियन समुदायका घरहरु भत्काउन थालिएको छ ।

स्रोतका अनुसार मुस्लिम समुदायको नेतृत्वमा जफर इक्बाल नुनरीले खानेवाल जिल्लाको चक गाउँमा रहेका शताब्दिऔं पुराना चिहानहरु भत्काउन लागिएको हो ।

मुस्लिम समुदायका नेताहरु जबरजस्ती ट्याकटरसहित क्रिश्‍चियनको चिहान भएका क्षेत्रमा प्रवेश गरेका हुन् र उनीहरुले त्यहाँ चिहानहरु भत्काउन सुरु गरेका हुन् ।

त्यसैगरी अपराधीहरुले क्रिश्चियन समुदायको सम्पत्ति लुटपाट गर्ने गतिविधिसमेत भइरहेका छन् ।

धार्मिक विभेदका कारण आर्थिक अवस्थामा समेत ठूलो असर पुगेको छ । बहुल मुस्लिम समुदायले अल्पसंख्यक क्रिश्‍चियन र अन्य समुदायमाथिको आक्रमण र ज्यादतीलाई कायम राखेका छन् ।

https://www.worldnewsnetwork.net/news/century-old-christian-graveyard-homes-in-pakistans-punjab-demolished-grabbed20200522004248/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको