हङकङ – चीनको उच्चतम इन्टनेट निगरानी गर्ने संस्थाले सामाजिक सञ्‍जालको नियन्त्रण र निगरानीका लागि नयाँ अभियान सुरु गरेको छ ।

उक्त अभियानअन्तर्गत स्वतन्त्र समाचार प्रदायकरुको सामाजिक सञ्‍जालको खाता बन्द गरिने जनाइएको छ ।

चीनको साइबरस्पेस एड्‌मिनिस्ट्रेसन अफ चाइना (सीएसी) ले कमर्सियल वेबसाइट र सामाजिक सञ्‍जालका खाताहरुमा अवैधरुपमा समाचार लेख्‍ने र सम्पादन गर्नेहरुलाई निशाना बनाएको छ ।

सीएसीले जारी गरेको एक विज्ञप्ति अनुसार नाम खुलाइएका स्रोतहरुबाट आएका समाचार तथा विचारहरु प्रकाशन प्रशारण गर्न नपाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नयाँ अभियानले क्लिबेट स्टोरी, भ्रमात्मक सूचना र सनसनीपूर्ण सामग्री प्रकाशन गर्ने अनलाइनहरुलाई पनि नियन्त्रण गर्नेछ ।”

चीनको अनलाइनसम्बन्धी कानुनलाई कडा बनाइएको छ भने मिडिया आउलेटहरुमा निगरानी बढाउने गरी कडा कानुन व्यवस्था गरिएको छ ।

https://in.reuters.com/article/china-censorship-cac/china-to-launch-new-campaign-to-regulate-social-media-news-sites-idINKCN24O10Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको