एजेन्सी – कोरोना भाइरसको महामारीले अधिकांशको रोजगारी गुमेको छ भने धेरैले आफ्नो व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको छ । तर, काश्‍मीरमा भने प्रधानमन्त्री रोजगार सिर्जना कार्यक्रमले महत्वपूर्ण योषदान पुर्‍याएको छ ।

जाहूर अहमद एक व्यस्त व्यक्ति हुन् । जब कोरोना महामारी सुरु भएको उनको गार्मेन्ट उद्योग बन्द हुने स्थितिमा पुगेको थियो । तर, दक्षिण काश्मीरमा पुलावामा उनको गार्मेन्ट उत्पादन युनिट सर्‍यो र त्यहाँ हजारौं मास्क उत्पादन गर्न थाल्‍यो ।

“जब भाइरस सुरु भयो हामीले ८० हजार मास्क उत्पादन गरेर जिल्ला प्रशासनलाई दियौं,” अहमदले भने ।

अहमदको छिमेकीलाई सहयोग गर्ने मन्त्रले प्रेरित गर्‍यो । खाडी गाउ पञ्‍चायले उनलाई त्यहाँ उद्योग स्थापनाका लागि सहयोग गरेको थियो । त्यहाँ उक्त गाउँका अन्य युवाहरुले समेत रोजगारी पाएका छन् ।

गत वर्ष धारा ३७० को खारेजीपछि काश्‍मीरमा धेरै योजनाहरु गएका थिए । उनले प्रधानमन्त्री रोजगार सिर्जना कार्यक्रममार्फत ऋण लिएका थिए । उक्त ऋणबाट नै उनले स्वउद्यम सिर्जना गरेका थिए ।

उनीजस्तै प्रधानमन्त्री रोजगार सिर्जना कार्यक्रममार्फत लाभान्वित हुनमध्येकै अर्का युवा हुन तारिक अहमद । उनले सिलाई पसल सुरु गरेका थिए । उनको पसलमा २० जनाले रोजगारी पाएका छन् ।

उनले केन्द्र सरकारको निकै ठूलो कदम भएको भन्दै सरकारको प्रशंसासमेत गरेका छन् । जाभेद मलिकले आफू यसअघि बेरोजगार भएको र साथीले सिलाई उद्योग सुरु गरेपछि रोजगारी पाएको बताए ।

https://www.aninews.in/news/national/national/kashmiri-youth-avail-pmegp-scheme-to-create-new-opportunities-contribute-against-covid-fight20200723215609/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको