एजेन्सी : केन्द्र र जम्मु काश्मीर प्रशासनको सहयोगमा जम्मु काश्मीर उपत्यकाका महिलाको अवस्थामा व्यापक सुधार आएको छ । महिलाको जीवनशैली फेरिएको छ भने महिलाहरुले आफूलाई सुरक्षित महसुस गरेका छन् ।
लामो समयदेखि अन्याय र थिचोमिचोमा परेका महिलाहरु गत वर्ष सरकारले धारार ३७० खारेज गरेसँगै महिलाहरु हकअधिकारहरु सुनिश्चित भएका हुन् ।
युरोपियन संसदको प्रतिनिधित्व गर्ने इटालयन महिला गाइना गानिसियाले काश्मीरमा महिलाहरु उत्पीडनमा पर्नुको मुल कारण पितृसत्तात्मक सोच भएको बताएकी थिइन् । जसका कारण लैंगिक विभेद, महिला मानसिकता र महिलाई वस्तुको रुपमा हेर्ने गरिएको बताएकी हुन् ।
सम्भवत: यो कारण पनि कारक बनेका कारण काश्मीरका महिलाहरुले भारतका अन्य महिलाको तुलनामा बढी हिंसामको चपेटामा पर्नु परेको छ ।
गानिसियाले भनिन्, “महिला सशक्तिकरणका लागि महिलाका हकअधिकारहरु र मानवअधिकारले प्रत्याभूत गरेका अधिकारहरुको उपभोग गर्नदिनुपर्छ । जसले गर्दा महिलाहरु पनि निर्भिकताका साथ समाजमा बस्न सक्छन् ।”
पछिल्लो समय सरकारले जम्मु काश्मीर महिला विकास कर्पोरेसनार्फत राष्ट्रिय महिला कोषले गरिबी, असहाय र हिंसा पीडित महिलाहरुका लागि ९.५ प्रतिशतमा ऋण उपलब्ध गराउने गरेको छ ।
त्यसैगरी स्वयं सिन्ध वुमन इम्पावरमेन्ट कार्यक्रमले पनि थप टेवा पुर्याएको छ ।
https://www.indiablooms.com/news-details/N/63578/centre-j-k-govt-taking-steps-to-improve-condition-of-women-in-valley.html







