काठमाडौं – भारतमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको संक्रमणको गति तीव्र छ । पछिल्लो २१ दिनमा १० लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यसले सीमा जोडिएकाले नेपालमा पनि चिन्ता थपेको छ । नेपालसंग सीमा जोडिएको बिहार राज्यमा पनि संक्रमित बढ्दै गइरहेका छन् ।

बिहीबार पटना सिबिल कोर्टका परिवार न्यायालयका प्रधान न्यायाधीश हरिश चन्द श्रीवास्तवको कारोना भाइरसबाट ज्यान गएको छ ।

उनलाई बुधबार एम्स अस्पतालमा भर्ती गरिएको थियो ।

बिहारमा पछिल्लो समय संक्रमित बढ्दै जाँदा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ६० हजार २५४ वटा नमूनाको जाँच गरिएको छ ।

जसमा ३ हजार ४१६ नयाँ संक्रमित पुष्टि भएका छन् । एकैदिन बिहारमा भेटिएका यी संक्रमित सबैभन्दा बढी हुन् ।

बिहीबार १ हजार ४५० जना निको भएर घर फर्के । नयाँ संक्रमित भेटिएको तुलनामा निको हुनेको संख्या कम हुँदै गएको छ ।

यसले गर्दा निको हुने रेटमा गिरावट आएको छ । बिहारमा निको हुने दर ६४.३० प्रतिशत छ । बिहारमा १० दिन पहिले दैनिक १० हजार परीक्षण भएकामा हाल त्यो संख्या ६० हजार पुगेको छ ।

बिहारमा अहिलेसम्म संक्रमित हुनेको संख्या ६८ हजार १४८ पुगेको छ । सक्रिय संक्रमित २३ हजार ९३९ छन् । निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ ।

बिहीबार १९ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने ३८८ पुगेका छन् ।

हाल भारतमा २० लाख २५ हजार ४०९ जना कोरोना संक्रमित पुगेका छन् । बिहीबार मात्रै ६२ हजार १७० नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या ४१ हजार ६३८ पुगेको छ ।

सक्रिय संक्रमितमात्रै ६ लाख ५ हजार ९३३ रहेका छन् । निको हुनेको दर पनि बढेको छ । बिहीबार ५० हजार १४१ जनालाई निको भएको छ ।

निको हुने १३ लाख ७७ हजार ३८४ पुगेका छन् । निको हुने दर २ प्रतिशत बढेर ६७ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको