एजेन्सी : तालिबान लडाकू र अफगानी सेनाबीच भएको झडप र आक्रमणका घटनाहरु करिब दैनिक समाचार बन‍्‍ने गरेका छन् । त्यसैगरी पछिल्लो समय अफगान तालिबान र पाकिस्तानी सेनाबीच दुरन्द लाइनमा पनि झडप र गोली हानाहानको स्थिति सिर्जना भएको छ ।

दुरन्द लाइन अफगानिस्ता र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा रेखा हो । गत साता अफगानी तालिबाले धेरै इस्लामवादका सैनिकलाई मारेको दाबी गरेको थियो ।

खैबर पख्‍तुनख्वाका नागरिकहरु फेरि त्रसित बनेका छन् । पाकिस्तानले अहिले उक्त क्षेत्रमा स्वयं हिंसाको स्थिति उब्जाइरहेको छ । पाकिस्तानले दोहोरो भूमिका खेलिरहेको छ ।

अफगानिस्तानमा अस्थिरता निम्त्याउनका लागि तालिबानलाई प्रायोजन गरिरहेको छ भने आईएसआईएस-खोरासनलाई पनि लगानी गरिरहेको छ ।

पाकिस्तानका लागि अमेरिकी प्रतिनिधि जालमे खालिलजादका अनुसार दुबै संगठनहरु एक अर्काको “घातक दुश्मन हो, र आईएसआईएसविरूद्धको युद्धमा तालिवानले महत्वपूर्ण भूमिका खेलेको’ छ ।

एक वर्षभन्दा बढी समयदेखि पाकिस्तानमा पनि तालिबानले राम्रो प्रभाव जमाएका छन् । यी विभिन्‍न द्वन्द्व, झडप र हिंसाका कारण दुरन्द लाइनमा रक्तपात हुन्छ भने त्यस क्षेत्र वरपरका बासिन्दाहरु बाध्य भएर जिहादी बन्‍ने स्थिति सिर्जना हुन्छ ।

https://www.thequint.com/voices/opinion/pakistan-jihad-loc-afghanistan-taliban-balochistan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको