काठमाडौँ– भारतीय सिने जगतको ठुलो हिस्सा मध्ये एक भोजपुरी सिने क्षेत्रका चर्चित अभिनेता तथा बीजेपी सांसद मनोज तिवारीलाई फेरी एक पटक सन्तान लाभ भएको छ ।

मनोजले सामाजिक सञ्जाल मार्फत आफ्नो घरमा दोश्रो सन्तानको रुपमा छोरी भित्रिएको खबर दिएका छन् । उनको पहिलो सन्तान पनि छोरी हुन् ।

मनोज तिवारीले ट्विटरमा आफ्नी न्यू बर्न बेबी छोरीको साथको शेयर गर्दै लेखेका छन्, ’मेरो घर आई एक नन्ही परी । मलाई एक छोरीको पिता बन्ने सौभाग्य प्राप्त भएको छ । जय जगदम्बे ।’ मनोजको यस ट्वीटमा फ्यान तथा उनका शुभचिन्तकले बधाई दिएका छन् ।

मनोज तिवारी भोजपुरी फिल्म जगतमा चर्चित अभिनेता मानिन्छन् । उनका दर्जनौ फिल्म सुपरहिट भएका छन् । यसका अलावा उनी दिल्ली भाजपाका पूर्व अध्यक्ष पनि हुन् । उनी लगातार दुई पटक सांसद चयन भएका छन् । यसका साथै उनी मनोजको भोजपुरी गित समेत चर्चामा छन् ।

उनको ’बगलवाली जान मारेली’, ’रिन्किया के पापा’, लगायतका गीत विश्वचर चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको