विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान भएको बताएका छन् । शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले पार्टी एकता गर्दाताका शर्त बिर्सिएको बताउँदै ओली बेइमान र धूर्त रहेको बताए ।
उनले भने, ‘तर तीन वर्ष पुग्दा–नपुग्दै पार्टी दुई भयो । एकता गर्दा आलो–पालो अध्यक्ष बन्ने र प्रधानमन्त्री आलो–पालो बन्ने भन्नु शर्त बिर्सिनुभयो । त्यसमा उनको पनि हस्ताक्षर छ । तर उन बेइमान निस्किए ।
ओलीले मात्रै संसद् भङ्ग गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ओली खलनायक भएर निस्किए । उनले प्रतिक्रान्तिहरूको गोटी बन्ने । सामन्तवादी, पूँजीपति र दलालसमक्ष लम्पसार परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको