काठमाडौं । अमिशा पराजुलीले अन्ततः प्रहरी गुहारेकी छन् । सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध उनलले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगेर उजुरी दिएकी हुन् ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएका थिए । त्यसपछि उनले साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।
उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ ।
आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया आएको उनको भनाई छ ।
उजुरी दर्ता गरेपछि उनले भनिन्–‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छु ।’
अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।
यद्यपी जेनजी आन्दोलनका बेला केपी शर्मा ओलीको विरोधमा भएको प्रदर्शनका क्रममा समेत उनी उपस्थित भएर नारा लागएका कतिपय भिडियोहरु पनि सार्वजनिक भएका छन् ।







