राजविराज । दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा सप्तरीमा एक महिला पक्राउ परेकी छन्। शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई प्रहरीले पक्राउ गरेको हो।

७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित घरपछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले जास्मिनलाई पक्राउ गरेको हो। प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा उनले बालिकाको हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहमद इरफानकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ। सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको