काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाहीको तयारी गरेको छ।
सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कारबाहीको तयारी गरेको हो। यसअघि प्राप्त स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको पत्रमा उल्लेख छ। तीन सांसदहरूलाई तपाईँमाथि अनुशासनात्मक कारबाही किन नगर्नेरु भनेर सोधेको छ।







