जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा(अहिराज)ले सडक दुर्घटनामा छट्पटाइरहेका ४ जनालाई उद्धार गरी अस्पताल पु¥याएका छन् ।
प्रदेश प्रमुख डा.झा जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।
छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुख झाले हेर्ने बित्तिकै आफ्नो गाडी रोकी घाइतेहरुलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् ।
डा.झाले आफ्ना एक जना सुरक्षाकर्मीसहित चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उनीनिकट स्रोतले जनाएका छन् ।
प्रदेश प्रमुख डा.झाले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने बताए प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको