राजविराज । राजविराज नगरपालिका वडा नम्वर ६ स्थित डोम बस्तीमा राहत वितरण गरिएको छ । लकडाउनका कारण बेघर भएर बस्दै आइरहेका अर्जुन मरिकका परिवालाई राहात वितरण गरिएको हो ।
मरिक परिवार अहिले आएर उपेन्द्र मरिकको घरमा सहारालिई बसेका छन् । श्रीमति सहित ६ महिनाको शिशुलाई लालनपालन गर्न समस्या भईरहेको बताए ।
दैनिकी गुजारा गर्न समस्या भईरहेको खबर सुनेपछि मानवअधिकारकर्मी तथा समाजिक अभियनता सुनिता साहले पिडित परिवारलाई शनिबार उनकै घर पुगेर खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
उनले २५ किलो चामल, १ किलो नुन, आधा लिटर खाने तेल र आधा किलो सुवाबिन लगायतका सामग्री वितरण गरिएको छ ।
साहले होलिको अवसरमा मरिक परिवारलाई एक सेट साडी र आधा किलो लडु र अविर लगाएर शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको