बुटवल । बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । तीनै जनाको आज (सोमबार) बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी वडा नम्वर ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्वर ३ का एकजना पुरुष छन् ।
तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्नाका थिए ।
कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्नाका थिए । उनीहरुको सोमबार फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको