विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् ।
प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले बताए ।
प्रहरीले पक्राउ पर्नेहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको