
सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौँला । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नुपर्दा त प्रायः मानिसले धिरौँला मन पराएको पाइँदैन । तर यो घिरौँला खाँदा धेरै नै फाइदा पाउन सकिन्छ ।
यस्ता छन् घिरौँलाका फाइदा
– शरीरमा रहेका विशाक्त वस्तुहरूलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
– रगतका नलीहरू बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
– चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।
– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।
– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।
– यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता सङ्क्रमण हुनबाट बचाउँछ ।
– यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।
– यसमा एण्टिबायोटिक एण्टिअक्सिडेण्ट तथा एण्टिफङ्गल गुणहरू पनि रहेको हुन्छ ।