जनकपुरधाम । जनकनन्दनी गाउँपालिका, धनुषाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार जसपाका उम्मेदवार दिपिन देव यादव ३ हजार १५७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमला सेहगल निर्वाचित भइन् । सेहगल २ हजार ९५८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाकी गीता सुडीले २ हजार ८४० मत पाइन् ।







