काठमाण्डौं । एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ । 

एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी एलिट रेफ्री तयारी कोर्समा पनि बोलाइने एन्फाले जनाएको छ । 

अञ्जनाले सन् २०२१ मा फिफा रेफ्री ब्याज प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको