काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि उभिएर विरोध जनाएका छन् ।
पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चासहित वेल घेराउ गर्दै विरोध जनाएका हुन् ।
उनीहरूले पर्चा लिएर सभामुख डोलप्रसाद अर्यालको आसन अगाडि उभिएर विरोध गरेका छन् । उक्त प्रदर्शनप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।
‘पर्चा देखाएर सदनमा न हाम्रा कानुन नियमावलीले दिएको छैन । विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु. सभामुख अर्यालले भने ।
सभामुख को आदेशपछि उनीहरू आसनमा फर्किएका छन् । यद्यपि, उनीहरूले पर्चा छातीमा टाँसेर बसेका छन् ।







