राजविराज । राजविराजस्थित इट्टी बिट्टी मन्टेस्वरी विद्यालयको पहिलो वाषिर्कोत्सव जिल्ला समन्वय समतिको सभाहलमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वाषिर्क पुरस्कार वितरण रहेका थिए ।
कार्यव्रmमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै राजविराज नगरपालिका शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवले शुभकामना दिएका थिए ।
सोही अवसरमा उनले विद्यालयको शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको बताए ।

No description available.
त्यस्तै उनले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै मन्टेस्वरी विद्यालयको निरन्तर प्रगतिको कामना गरे । कार्यव्रmममा एक दर्जन भन्दा बढी वद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सांस्कृतिक कार्यव्रmमका आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य, संस्कृत गित र नयाँ वर्ष तथा क्रिस मसको विषयवस्तु समेटिएको अङ्ग्रेजी नृत्य तथा दृष्यहरु देखाएका थिए ।
कार्यक्रमको प्रमुख अथिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्दे विद्यालयका संस्थापक पुनम चौरसीयाले पुरुस्कार बिजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सोही क्रममा उनले विकासको उचाइमा पुग्न सफल देशहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताए
प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय परिवारका सम्पूर्ण सदस्यहरु उपस्थित रहेका थिए । सोही कार्यक्रममा पत्रकार तथा विशिष्ट शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको