खगेन्द्र कर्ण

नेपाली कााँग्रेस गत बैशाखको स्थानीय निर्वाचनमा ३२७ नगरपालिका र गाउँपालिकामा सरकार बनाए । ती सरकारका प्रमुखहरुले बिगत एकबर्ष देखि के कस्तो क्रियाकलाप गर्दै छन ? त्यसको जानकारी पार्टीका मठाधिसहरु लाई छ कि छैन ? गाउँ गाउँमा बिकास “आकाशको फल आँखा तरि मर झै“ भएको छ ।
नयाँ नयाँ फण्डा युक्त भ्रष्टाचार र भ्रष्टाचार गर्ने प्रविधिको बिकास भएको छ ।जनमानसमा काँग्रेसका ती मेयर साबहरुका काम कारबाहि प्रती कस्तो खालको धारणा छ ? पार्टीले केन्द्रबाट गोप्य टोलि पठाएर बुझने प्रयासहरु गरेका छन कि ?
काठमाडौंको तारे होटलमा बिकाश र शुसानका भाषण दिन जति सजिलो छ।गाउँमा काग्रेसबाट जितेका मेयर साहबहरुको क्रियाकलाप त्यति नै असहय छन । काग्रेस भनेको एउटा पार्टी हो जसको कार्यकर्ता देखि नेता सम्म बन्न गाह्रो काम हो । बिपिको चिन्तन र समाजवादी अवधारणामा बनेको पार्टी हो ।
बेरोजगारी,भोकमरी र गरिबी बीच बिलासिता युक्त गाडिमा चढेर मेयरहरुले उडाएको धुलो र धुवाँले पोलेका ती गरिबका मन नयाँ दलहरु प्रती नबदलिए काँग्रेसमै रहिरहन्छ र ?
कला,ज्ञान र देशको लागि केही गर्ने हुटहुटी भएका २० हजार कार्यकर्ता भए काँग्रेस माथि आफै जनताको बिश्वास र भरोसा जाग्न थाल्ने छ । खाने र खुवाउने नेता र कार्यकर्ता रहे सम्म काँगे्रस “रिभाइभ“हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको