काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ बुधबार विजयी सुरुवात गरेको छ ।
जुनियर छत्रतर्फकै अन्य खेलमा फेरिल्यान्डले एचएचसीएलाई २४–१२ अंक र ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० अंकले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० र ओडिसीका मुकेश शर्माले ८ अंक बटुले ।
यसैगरी सिनियर छात्रतर्फको थ्री बाइ थ्री स्पर्धामा नेपाल मोडेलले ओडिसीलाई १५–११ अंक र पृथ्वीले स्काइलार्कलाई १४–११ ऋंकले पराजित गरे ।
प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले उद्घाटन गरेका थिए । प्रतियोगितामा सिनियर छात्रतर्फ २४ तथा जुनियर छात्र र सिनियर छात्रातर्फ समान १२÷१२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुनेछ ।







