काठमाडौ ।  सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा दिवा खाजालाई निरन्तरता दिने व्यवस्था बजेटमा राखेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा दिवा खाजाको व्यवस्थाबारे जानकारी गरेका छन् । उनले सामुदायिक विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

विद्यार्थीहरूलाई दिवा खाजामा जंगक फुड भने दिन नपाइने बजेटमा व्यवस्था गरिएको छ । ‘दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिनेछ । स्थानीय तथा रैथाने कृषि उपजबाट उत्पादित खाजा दिने व्यवस्था गरिनेछ,’ मन्त्री महतले भने ।

दिवा खाजाका लागि ८ अर्ब ४५ करोड रकम छुट्याएको सरकारले ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको