मनोज घिमिरे

विश्व राजनीतिमा प्रभाव जमाउन चिनियाँ आकाङ्क्षालाई एकपछि अर्को धक्का लागेको छ। कोरोनाकालपछि जिरो कोभिड नीतिले ध्वस्त अर्थतन्त्रमा बीआरआई परियोजनामा पनि धक्का लागेको छ। निम्न तथा मध्यम आय भएका देशलाई ऋणको भारमा पार्दै समस्यामा पार्ने चिनियाँ नीति पछिल्लो समय आएर आफ्नै लागि घाँडो भएको छ। सरकार आफै भन्दा पनि वित्तीय संस्थालाई प्रयोग गर्ने चिनियाँ नीति ऋण उठाउन असफल भएपछि त्यहाँको आर्थिक सन्तुलन नै बिग्रिएको छ।

निम्न तथा मध्यम आय भएका देशलाई ऋणको भारमा पार्दै समस्यामा पार्ने चिनियाँ नीति पछिल्लो समय आएर आफ्नै लागि घाँडो भएको छ।

कोरोना भ्याक्सिनको व्यापक वितरण गर्ने चिनियाँ नीति पनि असफल भएको छ। चीनले बनाएका भन्दा अन्य देशको भ्याक्सिनको विश्वसनीयता भएपछि चीनलाई संकट आइलागेको हो। यसक्रममा अहिले आएर शिक्षित बेरोजगारी थप समस्या भएको छ। यो आक्रोश सामाजिक सञ्जालमा छरपस्ट हुन थालेका छन्।

चिकित्सा शास्त्रको अध्ययन गर्ने नै काम नपाएर अलमलिन थालेका छन्। अन्य विषयको अध्ययन गर्ने अझ समस्या चुलिँदो छ। यसले पछिल्लो पुस्तामा अन्योल सिर्जना गरेको छ। निराशा मात्र पैदा गरेको छैन, आक्रोशित पनि बनाउन थालेको छ। यो निराशा र आक्रोशको कुनै सीमा नै छैन।

‘‘हाम्रो पुस्ताको कुनै आकांक्षा नै छैन,’ २४ वर्षीया चिकित्सा शास्त्रकी विद्यार्थी यीङले भनिन्। उनले लाइसेन्स पनि लिएकी छन्। तर, दुर्भाग्य उनको लाइसेन्सलाई संसारका अन्य देशमा त्यत्ति सारो पत्याइँदैन। चिनियाँ बजारमा यसका लागि कुनै ठाउँ नै छैन। ‘अब पिएचडी गरेपछि यसको प्रमाणपत्र काम लाग्छ कि भन्ने आशा जागेको छ। के थाहा त्यो समयसम्म पिएचडीको प्रमाणपत्र पनि काम नलाग्ने हो कि। मे महिनामा प्रकाशित एक रिपोर्ट अनुसार १६ देखि २४ वर्ष उमेर समूहमा बेरोजगारी समस्या सबैभन्दा धेरै हुने चीन पाँचौँ देश हो।

कोरोना भ्याक्सिनको व्यापक वितरण गर्ने चिनियाँ नीति पनि असफल भएको छ। चीनले बनाएका भन्दा अन्य देशको भ्याक्सिनको विश्वसनीयता भएपछि चीनलाई संकट आइलागेको हो।

अहिले चीनका युवा पुस्तामा पुरानो समयको एउटा कथाको साङ्केतिक चित्र बनाएर सामाजिक सञ्जालमा विरोध प्रदर्शन भएको छ। अझ भनौँ भने यसैमार्फत साङ्केतिक रूपमा बेरोजगारी समस्यामा असन्तुष्टि पोखिएको छ। प्राचीन कालको कथाको प्रसङ्ग उठाएर अहिलेको युवा पुस्तामा आएको निराशालाई व्यक्त गर्न थालिएको छ। यो बेरोजगारीविरुद्धमा र्याप नै बनाएर सामाजिक सञ्जालमा राख्न थालिएको छ।

सयौं युवा अहिले समस्यामा परेको यीङ बताउँछिन्। सामाजिक सञ्जालमार्फत् आएको विद्रोह र निराशाको अर्थ झल्काउने कुनै समय लु सुनको कथा लेखिन थालेका छन्। चिनियाँ युवा सरकारले जत्ति धेरै आश्वस्त पार्न खोजे पनि यसलाई पत्याउन सकिरहेका छैनन्। उनीहरूलाई आफ्नो भविष्य असुरक्षित भएको आभास हुँदै गएको छ।

सामाजिक सञ्जालमा राखिएको तस्बिर र अहिले भाइरल बनाइएको कथामा प्राचीन कालको एक गाउन लगाएका व्यक्ति देखाइएको छ। सो व्यक्तिको पोसाकले धनी र गरिब बीचको खाडल देखाउन खोजिएको हो। युवाको आक्रोशले भन्छ कि अहिले चीनमा त्यस्तै असमानता छ। एकाथरी युवा बेरोजगारीको समस्यामा छन्।

चिनियाँ युवा सरकारले जत्ति धेरै आश्वस्त पार्न खोजे पनि यसलाई पत्याउन सकिरहेका छैनन्। उनीहरूलाई आफ्नो भविष्य असुरक्षित भएको आभास हुँदै गएको छ।

त्यो कथा १९ औं शताब्दीमा क्वीङको शासन काललाई आधार मानेर लेखिएको थियो। त्यसमा चीनमा केजुको शासन थियो। केजुको शासन कालमा प्रशासन नै असफल भएको महसुस नागरिकलाई भएको थियो। त्यसै समयमा नै जारी व्यवस्था असफल भएको र इतिहासमै सबैभन्दा असफल राज्य भएको धेरै इतिहासकर्ताको ठहर छ। अहिले चिनियाँ युवाले त्यसै कालको अनुभव गर्दै सरकार असफल भएको चित्रण गर्न थालेका छन्।

यसरी चीनलाई १९ औं शताब्दीको असफल राज्यसँग तुलना गर्ने गरी बनाइएको त्यो ट्रोल पहिलो पटक चिनियाँ सामाजिक सञ्जाल वेइबोमा देखिएको थियो। अहिले चिनियाँ युवामा बेरोजगारी समस्या र आफूले भोगेको यातनाका कारण बढ्दो असन्तुष्टिलाई यसले चित्रण मात्र गरेको छैन। धेरै युवाले त्यसलाई फैलाउने काम नै गरेका छन्।

चीनमा उच्च शिक्षा प्राप्त उच्च शिक्षा प्राप्त गर्ने र प्रमाणपत्रधारीको सङ्ख्या बढ्दो छ। यो क्रम प्रत्येक वर्ष बढ्दो छ। तर, यसले रोजगारीको समस्या भने हल गर्न सकेको छैन। गएको वर्ष चीनमा १० दशमलव ७ मिलियनले ग्र्याजुएसन सके। तर धेरैले रोजगारी पाउन सकेनन्। सन् २०२२ को जुलाईमा चीनको बेरोजगारी समस्या बढेर १९ दशमलव ९ प्रतिशत भइसकेको थियो। सन् २०१८ को जनवरीको सुचांकलाई आधार मान्दा बेरोजगारी ९ दशमलव ६ प्रतिशत थियो।

सन् २०१८ देखि यता आएको यो बेरोजगारी समस्याको मूल कारण कोरोना महामारी र चीनले लिएको जिरो कोभिड नीतिलाई नै मानिन्छ। चीनमा युवालाई रोजगारी खोजी गर्ने एक संस्थाका कार्यकारी प्रमुखले सन् २०२२ मा नै यो अवस्थामा सुधार आउन अझ केही वर्ष कुर्नु पर्ने कुरा उठाएका थिए।

चीनमा उच्च शिक्षा प्राप्त उच्च शिक्षा प्राप्त गर्ने र प्रमाणपत्रधारीको सङ्ख्या बढ्दो छ। यो क्रम प्रत्येक वर्ष बढ्दो छ। तर, यसले रोजगारीको समस्या भने हल गर्न सकेको छैन।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डोहर्टी सोलीङघरकै विचारमा चीनमा बेरोजगारी समस्या समाधान हल हुँदै जानका लागि अझ केही वर्ष कुर्नु पर्ने हुनसक्छ। सोलीङघर त अबको केही वर्षमा यो अझ उँचो हुँदै जाने र यसको ग्राफ नै माथिल्लो तहमा पुग्ने अनुमान गर्छन्।

सन् २०१९ मा कोरोना महामारी सुरु भएको समयमा भन्दा गत वर्षको मार्चमा चीनको आर्थिक वृद्धि दर कम रहेको जनाइएको थियो। बेरोजगारीको समस्याको एउटा मुख्य कारण कोरोना महामारी भए पनि सबै कारण यो नै भने पक्कै होइन। पछिल्ला दशक नै चीनमा बेरोजगारी समस्या बढी रहेको छ।

चीनका सरकारी सञ्चार माध्यमले अल्पकालीन रूपमा भन्दा दीर्घकालीन योजना बनाइएका कारण यो समस्या केही समयमा नै हल हुने र अहिलेको अवस्था क्षणिक भएको दाबी गरेका छन्। तर मानिसहरुले यो कुरा पत्याउन सकिरहेका छैनन्। चीनमा सामाजिक सञ्जालमा आएको त्यो कथाको तात्पर्य धनी र गरिब बीचको खाडलको कुरा थियो। त्यो खाडल अहिले बढ्दै गएको आभास त्यहाँ हुन थालेको छ। अझ यस कथाको दृश्य ग्रामीण भेगमा धेरै भाइरल भएको छ।

चीनका सरकारी सञ्चार माध्यमले अल्पकालीन रूपमा भन्दा दीर्घकालीन योजना बनाइएका कारण अहिलेको अवस्था क्षणिक भएको दाबी गरेका छन्। तर मानिसहरुले यो कुरा पत्याउन सकिरहेका छैनन्।

अघिल्लो पुस्ताको जीवन हेरेर उत्साहित हुने चिनियाँहरु अहिलेको निराशाबाट मुक्ति पाउने सम्भावना नै देखिएको छैन। ‘म सानो हुँदा मैले मेरो बाबुको काम देखेर मेहनत गरेर पढेको हुँ , तर यो पढाइ काम लाग्ने कुनै लक्षण नै देखिएको छैन,’ २५ वर्षीया वाङ युजीले भनिन्। उनकै विचारमा विश्व विद्यालयबाट प्राप्त ज्ञानको कुनै महत्त्व नै छैन।

यो वर्ष धेरै कम्पनीले त ग्य्राजुएट नभएकालाई प्राथमिकता दिने निर्णय गरेको छ। यसैले शिक्षित युवालाई झनै निराश बनाएको हो। चीनले यो विकराल अवस्थाबाट तत्काल छुटकारा पाउने लक्षण देखिएको छैन। चिनियाँ युवाको यो असन्तुष्टि कहिले विस्फोट हुने हो यकिन छैन। स्रोतः बीबीसी, भ्वाइस अफ अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको