
एसबी शाह
सुभाष नेम्वाङको निधनले पार्टीलाई मात्रै क्षति पु¥याएको नभई संविधानअनुसार मुलुक चलोस् भन्ने चाहना राख्ने प्रत्येक व्यक्तिका लागि उनको निधन पीडादायी बनेको एमाले नेताहरु बताउछन ।
सरल जीवनशैली अपनाउने नेम्वाङ पार्टीभित्र मात्रै नभई अन्य दलका नेताका लागि पनि प्रेरणा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन ्।
कानुन विषय प्राध्यापन र वकालतपछि सक्रिय राजनीतिमा लाग्दै संसद् प्रवेश गरेका नेम्वाङ संसद्, कार्यपालिका र न्यायपालिका तीनवटै निकायबारे परख राख्थे ।
। उनी वरिष्ठ अधिवक्ता पनि थिए । नेपाल बार असोसिएशनको महासचिव हुँदा पनि उनले संस्थालाई बलियो रूपमा अगाडि बढाएको कानुनका जानकारहरू बताउँछन् ।
नेम्वाङ संविधानसभाको अध्यक्ष दुई पटक रहँदा माओवादीको तर्फबाट सभासद रहेका खिमलाल देवकोटा उनमा व्यवस्थापकीय क्षमता प्रबल रहेको बताउँछन्।
“विभिन्न दल र विज्ञका विचार सुनेर त्यसलाई व्यवस्थापन गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न उहाँ कुशल हुनुहुन्थ्यो,” देवकोटा सम्झिन्छन् ।
विचार नगरी नबोल्ने र प्रतिक्रिया दिनभन्दा सुन्न बढी रुचाउने व्यक्तिका रूपमा उनले आफूलाई चिनाएको देवकोटा बताउँछन्।
त्यसबाहेक कानुनको पृष्ठभूमि भएका कारण शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्, न्यायपालिका र कार्यपालिकाबारे धारणा राख्ने व्यक्तिका रूपमा उनलाई सम्झिनुपर्ने बताउँछन्।
“कानुनको पृष्ठभूमि भएका कारण अतिरिक्त क्षमता, बुझाइले सबै नेतालाई ट्र्याकमा ल्याउन र न्यायपालिकाको सन्तुलन मिलाउनका लागि उहाँको औपचारिक र अनौपचारिक भूमिका थियो। त्यसको अभाव अब खट्किने भयो,” देवकोटाले भने।
“संविधानसभाको अध्यक्ष भएको नाताले नयाँ संविधानको विशेषताबारे केके भएको थियो भन्ने इन्स्टिट्यूशनल मेमोरी उहाँमा थियो, त्यो पनि गुम्यो भन्ने लाग्छ ।” व्राहृमणवाद हावी भएका नेकपा एमाले भित्र नेम्वाङ एकलो प्रभावशालि जनजाती नेता थिए । उहाँले नेकपा एमाले भित्र दिनुभएको योगदानलाई कदर गर्दै एमाले पार्टीको सह–अध्यक्ष वा केही समयका लागि प्रधानमन्त्री बनाउनु आवश्यक थियो ।
संविधानसभाका अध्यक्ष रहँदा सुवास नेम्वाङले खेलेको भूमिका बिर्सन नहुने राजनीतिक दलका नेता तथा राजनीतिक विश्लेषकहरू बताउँछन् ।
तर त्यसको योगदान वारे एमालेले कहिले चर्चा गरेनन , जनजाती नेताका कारण उनलाई पार्टी भित्रका ब्राहृमणहरुले कुदृष्टीले देखि रहे । सुभाष नेम्वाङले पार्टीलाई दिएको योगदानको बदला उपहार स्वरुप राष्ट्रपति बनाउने पर्ने थियो, तर पार्टी भित्र केही ब्राहमणवाद हावी भएका व्यक्तिहरुले उनलाई बन्न नदिएको बुझिन्छ । विद्यादेवी भण्डारीलाई दुई पटक राष्ट्रपति बनाए पनि जनजाती भएकै कारण उनलाई राष्ट्रपति बनाईएनन । २०७९ सालमा भएको राष्ट्रपतिको चुनावमा नेकपा एमाले हार्ने निश्चित देखेपछि उनलाई उम्मेदावार बनाईएको थियो ।
गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेससहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
‘पार्टीले मात्रै नभई राष्ट्रले नै नेम्वाङलाई पत्याएको भन्दै उनी राजनीतिक विचारधाराभन्दा माथि गएर लोकतन्त्रलाई सुदृढ बनाउन स्रोत व्यक्तिका रूपमा चिनिएको छ ।
पछिल्लो समय एमालेले सुन तस्करी प्रकरणलाई लिएर संसद् अवरोध गरिरहँदा पनि “संसद् चलाउन विपक्षी दलको पनि भूमिका हुन्छ“ भन्ने अभिव्यक्ति नेम्वाङले दिएका थिए । तर उनकै पार्टीले पटकपटक संसद् चल्न दिएन ।
सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाख देखि २०६३ को माघसम्म थियो भने दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म रहेको थियो । त्यस बेला उनी पुनर्स्थापित संसद्को सभामुख बनेका थिए । राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङक ।