ललिता साह
बनारस । पवित्र शहर वाराणसीमा अवस्थित काशी हिन्दू विश्वविद्यालय अन्तर्राष्ट्रि य रूपमा प्रसिद्ध कमाएका शिक्षाको मन्दीर हो । नेपाली राजनीतिको कखराको उद्गम विन्दुको इतिहास बोकेको विश्वविद्यालय र नेपालसँग शैक्षिक , राजनैतिक , सामाजिक , कुटनितिक सम्बन्धको मेरुदण्ड मानिन्छ ।
साल २०२३ सम्ममा आएर फरक फरक विषयको एक सय ४४ वटा विभाग रहेको यो विश्वविद्यालयमा विश्वभरिको विधार्थीले मेडिकल साइन्सदेखि संस्कृत, वेद, धर्म विज्ञान ज्योतिषाचार्यसम्मको जुन विषय पढ्न चाहन्छन त्यो सबैको पढाई हुन्छ ।
भारतपछि नेपाली विद्यार्थीको बाहुल्यता रहेको यहाँ विश्वका सबैजसो देशबाट विद्यार्थीहरू पढ्न जाने गर्छ ।
सन १९१६ मा भारत उत्तरप्रदेशमा राष्ट्रवादी नेता पंडित मदन मोहन मालवीयले डा. एनी बेसेन्ट जस्ता महान व्यक्तिहरुको सहयोगमा विश्वविद्यालयको स्थापना गरिएको थियो । त्यो वेलाको त्यहाँका राजा हरिशचन्द्रले दिएको वचन अनुरूप पंडित मदन मोहन मालवीले एक दिनमा ७० एकर जमिनमा पैदल घुम्यो र उक्त जमिनमा युनिर्भसिटी निर्माण गर्ने परिकल्पना पूरा भएको स्थानीयहरु बताउँछन ।
यसरी हेर्द काशी हिन्दू विश्वविद्यालय स्थापनाको इतिहास बारे धार्मिक मान्यताका भारतीय एक नागरिकको शिक्षाप्रतिको चेतनाले त्यहाँको शासकलाई पार्न सकेको अद्भूत पार्दुभावलाई दर्शाएको छ ।
सन १९३४ विएचयुमा शिक्षा प्राप्त विश्वेश्वर प्रसाद कोइराला नेपाली कांग्रेस पार्टीको नेतृत्व गर्नुहुँदै सन १९५९ देखि १९६० नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री हुनुभयो । त्यसको अलावा उहाँ नेपाली र हिन्दी भाषाको साहित्यकार पनि हुनुहुन्छ । त्यसैगरी पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई काशी हिन्दू विश्वविद्यालयको अर्थ र राजनीतिक शास्त्रको विधार्थी हुनुहुन्थ्यो । नेपाल ल कलेजको संस्थापक रामराज पंत सन –१९४१–१९४३ सम्म यही विश्वविधालयमा अध्ययन पूरा गरेका हुन् । यसर्थ ः बनारस यस्तो ठाउँ हो जहाँबाट नेपालको प्रजातान्त्रिक राजनीतिको माउँ नितिशिक्षा शुरु भएको थियो त्यही पवित्र भुमिबाट नेपालको प्रजातान्त्रिक राजनीति गर्ने नेताहरुलाई ज्ञान प्राप्त भएको इतिहास साक्षी छ ।
काशी हिन्दू विश्वविद्यालय पिएचडी गर्न पुगेका रौतहटका शिवाकान्त दुवेका अनुसार काशी हिन्दू विश्वविद्यालय पछिल्लो सेसनको लागि मात्रै एक सय ५५ नेपाली विधार्थी भर्ना लिएका हुन । भारत बाहेत अन्य देशका तुलनामा नेपालबाट पढ्न आउनेले संख्या दिनानुदिन बढिरहेको छ ।
नेपाल सरकारका अन्तराष्ट्रिय तथा पर्यटन सम्बन्ध समितिको सभापति तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवका अनुसार –शिक्षासँगै नेपाल भारतको धार्मिक पर्यटन प्रवद्र्धनमा काशी हिन्दू विश्वविद्यालयको योगदान प्रारम्भबाट रहेको छ । हुन त भारत सरकारले धेरै पहिलादेखि विभिन्न प्रकारको छात्रवृत्तिहरू नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको छ । यसले गर्दा भारतीय काशी हिन्दु विश्वविद्यालय लगायत भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
यसरी शैक्षिक र धार्मिक पर्यटनको उन्नयनको गर्न भारत बाहेकको अन्य देशमा समेत प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्तनको लागि हाम्रा विद्यार्थी र शिक्षालयहरुलाई प्लेटफर्मको रुपमा प्रयोग गर्न सक्यो भने हामी भारतसँगसँगै हाम्रो देशमा पनि आर्थिक सम्मुनती ल्याउन सक्ने उहाँले उनि बताउछन ।
जसको निम्ती आगामी दिनमा नेपाल सरकारले भारत सरकारसँग पोलिसी निर्माण स्तरमा यो विषय पेश गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
31
1
0
1
1
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको