लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर-७ को श्री सामुदायिक राष्ट्रिय शिवशंकर आधारभूत विद्यालय हैठीमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिता शुक्रबार शिक्षा, युवा तथा खेलकुद शाखा बोदे बसाईन आयेजनामा समपन्न भएको हो ।
विद्यार्थीहरुको अन्तर निहित प्रतिभा पहिचान गरी क्षमतामा अभिबृद्धि गराउने उद्देश्यले अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको बर्साईन नगरपालिकाको कार्यवाहक प्रमुख रेणु कुमारी साहले बताए । उनले भने ‘‘प्रतिस्प्रर्धाहरूमा सहभागी भएमा विद्यार्थीहरूको मनोबल बढ्ने, लुकेर रहेका प्रतिभाको पहिचान हुने र परिवेश अनुरुप आफूलाई घुलमिल बनाउने क्षमताको अभिवृद्धि हुनेछ । उनले समयसापेक्ष विद्यालयले शैक्षिक वातावरण बनाउनु नितान्त आवश्यकरहेकोमा समेत जोड दिए।”
नगरभित्र २६ सामुदायिक विद्यालयबाट चारवटा विद्यामा हिज्जे प्रतियोगिता, हिसाव दौड, हाजिरी जवाफ, निबन्ध लेखन प्रतियोगतामा गरि १ सय ५९ विद्यार्थीहरु सहभागी भएको थियो । जसमा कक्षा- १ देखि ३ कक्षा सम्म हिज्जे प्रतियोगिता, कक्षा ४ देखि ५ कक्षा सम्म हिसाव दौड प्रतियोगिता, ६ देखि ८ कक्षा सम्म हाजिरी जवाफ प्रतियोगिता ९ देखि १२ सम्मका निवन्ध लेखन प्रतियोगितामा विद्यार्थीहरु सहभागी भएका थिए ।
हिज्जे प्रतियोगितामा छात्रतर्फ प्रा बि. धनगढीका बिकि कुमार मण्डल प्रथम, रा.प्रा.वि. कुशमाहारका प्रिन्स मण्डल द्धितीय, अधारभूत विद्यालय भाटिनका विशाल कुमार राम तृतीय भएका थिए । भने छात्रा तर्फ प्रा .बि हैठीकी अर्या झा प्रथम , रा.प्रा.वि..सोहर्वाकी शिवानी कुमारी साह द्धितीय र अ. बि भाटिनकी राशिका कुमारी पण्डीत तृतीय भएकी थिए ।
त्यसैगरि कक्षा ४ देखि ५ सम्मका लागि हिसाब दौड प्रतियोगिता सञ्चालन गराइएकोमा छात्रतर्फ आकाश महतो प्रथम, मो . अलताफ द्धितिय र रुपेश कुमार मण्डल तृतीय भएका थिए । छात्रा तर्फ सुरुची कुमारी यादव प्रथम , सिढी कुमारी यादव दोस्रो र दिपिका कुमारी चौधरी तृतीय भएकी थिए ।
यस्तै कक्षा ६ देखि ८ सम्मका लागि हाँजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएकोमा मा. बि सारस्वरका गङासागर साह सहितका समुह प्रथम,आ. बि कुशमाहार द्धितिय र मा बि . नेगडा तृतीय भएका थिए ।
कक्षा ९ देखी १२ सम्मका लागि निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएकोमा छात्रतर्फ मा . बि सारस्वरका अंकित प्रसाद मंडल प्रथम,मा बि सारस्वरका इन्द्रदेव यादव द्धितीय र मा बि .मानराजाका सतेन्द्र कुमार यादव तृतिय भएका थिए । र छात्रातर्फ माबि मानराजाकी निशु कुमारी साह प्रथम , मा बि बोदे बर्साईनकी वेबिका कुमारी साह द्धितीय र मा बि . मानराजाकी कल्पना कुमारी यादव तृतिय भएकी थिइन् ।
शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाठ्यक्रम र शिक्षकको भूमिका मात्र प्रयाप्त हुँदैन । व्यवस्थापन पक्ष, अभिभावक वर्ग र समाजको पनि उत्तिकै महत्वपूणर् दायित्व रहन्छ । समाजका सम्पूर्ण बालबालिकाहरुमा अन्तर्निहित प्रतिभा र क्षमताको विकासका लागि उपयुक्त वातावरण र अवसरको सिर्जना गर्नु अहिलेको मूल चुनौती हो । सो चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी नगर स्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप आयोजना गरेको नगर शिक्षा अधिकृत राम सागर यादवले बताउनु भयो ।
सो विद्यालयका पूर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्था ब्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितमा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीहरुलाई शिक्षा युवा तथा खेलकुद शाखाले प्रमाणपत्र सहित सम्मान गरेको आधारभूत विद्यालय हैठीका प्रधानाध्यापक निलम कापैरले बताइन् ।







