कृषि विश्वविद्यालयमा भर्नाका लागि दोस्रो प्रवेश परीक्षा
राजबिराज ।मधेस प्रदेश सरकारले अध्यादेशबाट स्थापना गरिएको मधेस कृषि विश्वविद्यालयमा पढाइ हुँदै आएका बिएसी एजी अनर्सको दोस्रो भर्नाको लागि शनिवार राजविराजमा प्रवेश परीक्षा लिइएको छ।
मधेशका आठवटै जिल्ला र रामेछाप सिन्धुली लगायत १० वटा जिल्लाका ७२ जना छात्रा सहित एक सय ४३विद्यार्थीले विश्व विधालयको प्रवेश परीक्षामा सहभागी भएको विश्वविद्यालयका रजिष्टार श्री भगवान ठाकुरले जानकारी दिए । विश्वविद्यालयले नयाँ भर्नाको लागि कार्तिक १९ विज्ञापन आह्वान गरेका थिए ।प्रवेश परीक्षाको नतिजा आएसँगै एक महिना भित्र नाम दर्ता भएर पठनपाठन सञ्चालन भइसक्ने विश्वविद्यालयले जनाएको छ।
१० वटा मेरिट कोटा (१०० प्रतिशत फ्रि पढ्न पाउने ) ९ आरक्षित महिला , दलित ,जनजाति ‘ आदिवासी ‘सहिद , द्वन्द्व प्रभावित / स्थानीय , स्टाफ कोटा गरी ५० वटा कोटा रहेको छ ।
चार बर्षे बिएसी एजी अध्ययनको लागि जम्मा ३ लाख २० हजार खर्च लाग्ने छ भन्ने चार वर्षमा ८ सेमेस्टरमा पढाई हुन्छ ।
हाल १२ जना प्रध्यापक रहेको विश्वविधालयको भवन निर्माणको ठेक्का लागिसकेका छन् भन्ने ल्याव व्यवस्थित हुने क्रममा रहेको प्राध्यापक डाक्टर नागेन्द्र यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको