ललिता साह
राजबिराज । युवा नेता जयप्रकाश यादव आफैले अभिभावकत्व प्रदान गरेका दुर्गेश सदालाई नयाँ कपडा, किताब कापी र मिठाई दिएर आइतवार आफ्नी छोरी प्रियाको जन्मदिन मनाएका छन् ।
छिन्नमस्ता -३ गोविन्दपुरका अर्जुन सदा बिभा सदाका छोरा दुर्गेशलाई युवा नेता जयप्रकाश यादवले पाँच वर्षअघि अभिभावकत्व प्रदान गर्नुभएको थियो ।
विपन्न भएकै कारण दुर्गेशका आमाबुबाले छोरालाई पढाउन नसकेर जय प्रकाशले आफ्नै खर्चमा आफ्नै विद्यालयमा पढाउने गरी अभिभावकत्व प्रदान गरेका थिए । पढाइमा अब्बल रहेका दुर्गेश अहिले स्ट्यान्डर्ड वानमा पर्दैछन्।
उनलाई कपी किताब कलम पेन्सिल केही अभाव भएको बेला सरासर विद्यालयको आर्थिक प्रशासनमा गएर माग्ने गर्छन् र उनको आवश्यकताको शैक्षिक सामग्री हमेशा स्टोरमा खरिद गरी पहिलादेखि नै राखिरहेको जय प्रकाशकी छोरी प्रियाले सुनाइन्।
नेपाल सरकारले प्रत्येक वर्ष भर्ना अभियान सञ्चालन गरिरहँदा पद र प्रतिष्ठा भएका ठूला व्यक्तिहरु यस्ता बालबालिकाको अभिभावकत्व लिने गर्छन ।
मधेस प्रदेशको कुरा गरिरहँदा पाँच वर्ष अगाडि पूर्व मुख्यमन्त्री लालबाबु राउतले समेत सप्तरी लगायतको केही जिल्लामा त्यस्ता विपन्न बालबालिकाहरूको शिक्षाको लागि अभिभावकत्व प्रदान गरेको थियो। तर ती बालबालिकाहरूको शैक्षिक अवस्थाबारे पछिल्लो समय कोही जानकार छैनन्। छिन्नमस्ता वडा ४ कै नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका उमेश कुमार यादवले पनि केही बालबालिकाको अभिभावकत्व लिएका थिए। तर तिनीहरूको शिक्षाको अवस्था पनि गुमनाम छ ।यसरी केही दिनलाई मिडियामा चर्चा कमाउनको विपन्न बालबालिकाहरूलाई अभिभावकत्व दिएर शिक्षा दिक्षामा सहयोग गर्ने होडवाजी चले पनि पछि गएर तिनीहरूको अवस्था र पढाइबारे वास्ता छोड्ने गरेको थुप्रै उदाहरणहरूका बीच अभियन्ता यादवले अभिभावकत्व प्रदान गरेका बालक दुर्गेश पाँच वर्ष यता राम्रो लालनपालन र शिक्षामा हुर्किँदै आएको दुर्गेशका आमा विभाले भनिन् ।
छिन्नमस्ता गाउँपालिका वडा नं ३ गोविन्दपुरको एक विपन्न परिवारमा जन्मेका दुर्गेश सदा आज अभियन्ता यादवको अभिभावकत्व पाएर पढ्न पाएको स्थानीयहरु बताउँछन्।
एक दशकदेखि आफ्नै गाउँ छिनमस्ता वडा नम्बर ४ मा त्रिमुर्ति सेकेन्ड्री स्कुल सखरा खोलेर त्यहाँका बालबालिकाहरूलाई शिक्षा प्रदान सँगसँगै सामाजिक अभियानमा सक्रिय रहनुभएका युवा नेता जयप्रकाश यादवले छिन्नमस्ता -३ गोविन्दपुरका अर्जुन सदा बिभा सदाका छोरा दुर्गेशलाई पाँच वर्षअघि अभिभावकत्व प्रदान गर्नुभएको थियो ।







