ललिता साह
राजविराज । मधेश कृषि विश्वविद्यालयको तालाबन्दी खुलाउन विश्वविद्यालय प्रशासनले मङ्गलबार एक लिखित अनुरोध पत्र जारी गर्दै सम्बद्ध असन्तुष्ट पक्षलाई वार्ता र संवादको लागि आह्वान गरेका छन्।

विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान् ठाकुरद्वारा हस्ताक्षरित अनुरोध पत्रमा भनिएको छ “बर्तमान अवस्थामा रहेको बेरोजगारी, खाद्य संकट तथा शिक्षा आर्जन गर्न विद्यार्थीहरु विदेशिने बेलामा मधेश प्रदेशको गौरवको आयोजना अवरुद्ध रहेकोले विश्वविद्यालयको ध्यानाकार्षण भएको छ ।
उक्त कार्यले B.Sc.Ag. (Hons.) द्वितिय सेमेष्टरका सम्पूर्ण छात्र-छात्राहरुको अध्ययन अध्यापन, फर्म रजिष्ट्रेशन लगायत नयाँ भर्ना तथा दैनिक प्रशासनिक कार्य अवरुद्ध रहेकोले सम्बन्धित पक्षसँग वार्ता तथा संवादद्धारा समाधानका लागि आहवान गर्दछौं ।
उक्त कार्यमा सौहार्दपूर्ण वातावरण बनाई दिनु हुन सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौं । ”
प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त राउतका कार्यकर्ता तथा जनमत पार्टीले नेता उपेन्द्र यादवलाई विश्वविद्यालयको शैक्षिक भवनको शिलान्यास गर्न नदिने भन्दै जनता समाजवादी पार्टी र जनमत पार्टीबीच विवाद चर्केका थिए।
सोही विषयमा सहमति हुन नसकेर राजविराज वडा नम्बर ३ स्थित रहेको मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीद्वारा गत माघ ७ गते कार्यालयमा तालाबन्दी गरिएको विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान ठाकुरले बताए ।
विश्वविद्यालयको भवन शिलान्यासकै विवाद चरम उत्कर्षमा पुगेपछि जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा बाट बहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको