राजविराज ।  चिनियाँ अपराधको संजाल विस्तारै दक्षिणको भारतीय सिमा क्षेत्रमा फैलिदै गएको पर्साको वीरगञ्जमा तिन जना चिनियाँ नागरिक पक्राउ परे संगै रहस्य खुलेका छन् ।
अनलाईन मार्फत चिनियाँ नागरिकहरु सर्वसाधारण नेपाली र भारतीय नागरिक संग ठगी गरेर अपराधमा संलग्न रहेका तिन जना चिनियाँ नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेपछि संगठित अपराधको रहस्य खुलेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सालाई प्राप्त भएको सूचनाका आधारमा प्रहरीले गत शनिवार तिन जना चिनियाँ नागरिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात हिजो आईतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि उनीहरुको नेपाल भारत सीमा क्षेत्रमा भईरहेको संगठित अपराधको पोल खुलेको छ ।
पर्सा प्रहरीले ३३ वर्षीय लिउ ग्यु साई, २६ वर्षीय वाङ बोहन र ३६ वर्षीय छिङ्ग छावो तिन चिनियाँ नागरिकलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरे । तीन जनालाई सार्वजनिक गरे पनि उक्त अबैध रुपमा संगठित अपराधमा थप दुई जना चिनियाँ नागरिक पनि हिरासतमा रहेको प्रहरी स्रोतबाट बुझिाएको छ ।
चिनियाँ नागरिकले वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ स्थित नन्दु पटेलको घरमा भाडा लिई कल सेन्टर स्थापना गरेर कर्मचारीहरु राखेको नेपाल, भारत र पाकिस्तानका नागरिकलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।


भाडा लिएको घरबाट कम्प्युटर डेक्सटप सीपीयू एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय जिओको सिम १३ थान, मिनि इन्भरटर २ थान, बीआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र २–०३–०११ प १३६७ नम्बरको एक मोटरसाइकल सहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको एसपी ढुंगेलले बताए ।
पक्राउ परेका तिनै जना विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने तयारी भईरहेको एसपी ढुंगेलले सो पत्रकार सम्मेलनमा भने ।
वीरगञ्जको भाटभटेनीमा जाँदा शंकास्पद गतिविधिमा संलग्न रहेको शंका लागेर पछ्याउँदै जाँदा चिनियाँ गिरोह फेला परेको उनले बताए । कल सेन्टरमा काम गरेबापत नेपालीहरुलाई दैनिक ८०० रुपैयाँ दिदै आएको बुझिएको छ । पछिल्लो समय चिनियाँ आपराधिक गतिविधि भारत संग सिमा जोडिएका मधेस केन्द्रित हुँदै गएको श्रोतले दाबी गरे ।
नेपाली, हिन्दी बोल्न नसक्ने चिनियाँ नागरिकहरु भारतीय र नेपाली संग अबैध ठगी धन्धा संचालन गर्दै आएपछि नेपाल भारत बीचको सुरक्षा व्यवस्थामा समेत यस्ता कारोवारले प्रश्न चिन्ह् खडा गरेका छन् । चिनियाँ नागरिकहरु वीरगञ्ज सम्म कसरी आएर अबैध कारोवार संचालन गरेको सम्बन्धमा पर्सा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको