लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन ।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर –५ मा नागरिक आरोग्य सेवा केन्द्र सोमबार स्थापना गरिएको छ।
सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्ने देखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बर्साईन बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।
बोदे बर्साईनमा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सप्तरीका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर रायको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले उद्घाटन गरेको हो ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह , बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , उपप्रमुख रेणु कुमारी साह , वडा नम्बर(५ का वडा अध्यक्ष मो मोजिबुर रहमान , ६ नम्बर का राज कुमार यादव, नगर बजार ब्यपार संघका सचिव अनिल प्रसाद सिंह लगायत उपस्थिति रहेको थियो ।

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख डा. शिव शंकर यादवले नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपान आमालाई दूधबर्धक औषधी वितरण लगायतका सेवा उपलब्ध गराइने बताए ।

डा. यादबले नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुने बताए । बोदे बर्साईनमा एक जना वैध र एक जना कार्यालय सहयोगी नियुक्ति गरेर नगरपालिकाले उपलब्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको