लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिकामा तरुणदल नगर कमिटी गठन गरिएको छ ।
राजकिशोर यादव संयोजकत्मा २१ सदस्सिय तरूणदल नगर कार्य समिती गठन गरिएको हो ।
जसको सह-संयोजकमा चन्देश्वर यादव, सदस्यहरुमा राजेश चौधरी, विशो यादव, राजकपुर यादव,चन्द्रशेखर यादव, राजकिशोर यादव, जुगेश्वर महतो लगायत चयन भएका छन् ।
बोदे बरसाईन नगरपालिकामा -५ मा नेपाली कांग्रेस बोदे बरसाईन नगर सभापती ई. दिपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापती सिताराम साहले मन्तव्य राख्दै तरुणदलले विभिन्न आन्दोलनमा महत्वपूणर् योगदान गरेको भन्दै कांग्रेको गौरवमय ईतिहासमा तरुणहरुको भुमिका अतुलनिय रहेको बताए। गलत प्रवृति र अन्यायका विरुद्ध खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै नगरमा भएका बेथिती विरुद्ध तरुणहरुले आवाज उठाउनु पर्ने उहाँको भनाई छ ।

सो कार्यक्रममा जिल्लाका संगठन विभाग प्रमुख बद्री महातमान, जिल्ला प्रवक्ता नन्दकिशोर यादव, र्प क्षेत्रीय सभापती खगेन्द्र यादव, तरुणदल केन्द्रीय सदस्य मि. अशोक साह उपस्थिति रहेको थियो ।
तरुणदल केन्द्रीय सदस्य मि. अशोक साहले नव गठित तदर्थ नगर कटिमी गठनले पार्टीको संगठन विस्थारमा महत्वपूणर् भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
41
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको