लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही देखि ३ नम्बर वडाको टिकुलिया गाउँ जोडने कृषि सडक बनाउने श्रमीकमा छुट्टै उत्साह देखियो । ‘उत्साह किन नहुने बेल्ही देखि टिकुलीया सम्मको लामो खेती फाँटमा सडक नभएर ट्रयाक्टर खेतमा ल्याउन एकदमै गाह्रो हुन्थयो यहाँका कृषकलाई अब सो नयाँ कृषि सडक निर्माणले सजिलो हुने भएपछि मधेशको चर्को घाममा काम गरि कोदालो चलाएर कृषि सडक बनाए ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षीय शिवन ठाकुरले भने पहिला घर घरमा गोरु राखेर हल्लो जोत्ने गरिन्थयो । ‘‘तर अहिले आएर ट्रयाक्टरले खेती हुन थाल्यो खेती फाँटसम्म पुगने कृषि सडक नै नभएका कारन पछिल्लो समयबाट विघोविघा खेती योग्य जग्गा बाझो रहने गरन्थियो ।” ‘‘नयाँ कृषि सडक निर्माणले गाउँका कृषकहरूका लागि खेतबारीमा पुग्न सहजता प्रदान भएको ठाकुरले भने ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मी नारायण झाले भने विकास निरन्तर चलिरहेने प्रकृया हो तर यो कृषि सडक निर्माण अन्नदाता लागि निकास हो । जहाँ अब सजिल्लो तरिकाले आफनो खेत सम्म कृषक पुग्ने भए । वडा अध्यक्ष झाले भने यो सडक निर्माणका लागि जग्गा प्राप्तीमा किसानबाट एकदमै सहयोग भएको बताए ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का रामस्वरुप यादवले भने हाम्रो लागि गाउँको आर सी सी ढलान सडक भन्दा कयौं गुणा महत्वपूर्ण कृषि सडक हो यो पहिला नै बन्नु पर्ने हो तर ढिलो बनेपनि हामी खुशी भएको बताए ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ की सिता यादवले भने वर्षातको समयमा अगाडी खेती हुनेले सुरुमै मुखँ नै छेक्ने गरि धान रोपि दिन्थियो पछाडी खेत भएकाहरुले ट्रयाक्टर लैजान पाउदैन थियो नयाँ कृषि सडक निर्माणले सो समस्या अब नहुने उनले बताईन् ।
देशैभरी सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामै नगरी श्रमीकलाई पारिश्रमिक दिने गरिएको गुनासोहरू निकै आईराख्दा सप्तरीका बलान बिहुल गाउँपालिकामा नमुना कामहरू भइरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम बलान बिहुलका रोजगार संयोजक निरज झाले भने गाउँपालिकामा कृषि सडक, विगतमा बन्द भएका ग्रामीणबाटो, सिंचाईका लागि कुलोपेनी, बान्ध बनाउने जस्ता कार्यहरुलाई प्राथमिकतामा राखेर योजना छनोट हुने गरेको बताए ।
बेल्ही देखि टिकुलीया सम्मको कृषि सडक गत वर्ष डेढ किलोमिटर र यो वर्ष अढाई किलोमिटर गरी ४ किलोमिटर कृषि सडक निर्माण भएको अगामी आर्थिक वर्षमा पूणर्ता पाउने प्रावधिक सहायक देवशंकर गुप्ताले जानकारी दिए । गतवर्ष मौवहा, बेल्हीमा पनि कृषि सडक बनाएको उनले भने ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँघरमै काम पाएपछि नारायण खंग निकै खुसी छन् । खंगले भने अहिले मेहनत गरेर यो कृषि सडक बनाइराखेका छौं । यसको निर्माणले गाउँलेलाई खेतीपाति गर्न निकै सजिलो हुने बताए ।
रोजगारका लागि निवेदन दिएका विपन्न परिवारलाई रोजगार दिई सय दिनलाई सक्दो सदुपयोग गरेर यी कामदारहरूबाट काम लिने प्रयास भइरहेको गाउँपालिकाका प्रधानमन्त्री रोजकार कार्यक्रमका रोजगार संयोजक निरज झा बताए । ‘हाम्रो पालिकामा कामदारहरू नियमित रूपमा काम गरिरहेका छन् । अहीले सम्मा चार सय जनाले र गत वर्ष बाह्र सय जनाले रोजगारको अवसर पाएको र केहीँ योजना चालु क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
बलान विहुल गाउँपालिका वडा नम्बर २ मा बलान नदीको पानी कृषिकको खेतमा पुरयाउन बलान नदी देखि पथरहा टोलसम्म कुलोपेनी, वडा नम्बर १ मा मरैया पोखरी संरक्षणका लागि बान्ध निर्माण, वडा नम्बर ६ धार्मीक स्थलका रुपमा परिचत बडकी पोखरी सरसफाई गरेको गाउँपालिकाले जनाएको छ ।
बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बेरोजगारको रोजगार सुनिश्चताको लागि संचालनमा रहेको यो कार्यक्रमको उदेश्य पूर्तीका लागि आफू निरन्तर लागि परेको सबै पक्षले योजना छनौट देखि छनौट भएका योजना कार्यान्वयनका लागि सहयोग अपरिहार्य रहेको बताए ।
देशमा बढ्दो बेरोजगारीको समस्यालाई निराकरण गर्न र आफ्नै माटोपानीमा काम गरेर कम्तीमा दैनिक हातमुख जोड्ने व्यवस्था मिलाउने उद्देश्यका साथ प्रत्येक पालिकाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो । यस कार्यक्रम अन्तर्गत संलग्न व्यक्तिले सय दिन श्रम दिनुपर्ने हुन्छ । जसबापत एक दिनको पारिश्रमिक ६६८ रूपैंयाँका दरले उपलब्ध गराउने गरिएको छ ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको