राजविराज । नेपाल प्रेस युनियन सप्तरीले शनिबार राजविराज स्थित नेपाल पत्रकार महासंघको मुल गेटमा तालाबन्दी गरेको छ ।
सदस्यता विवाद सामाधानै नगरी निर्वाचन प्रक्रिाया अघि बढाएको भन्दै तालाबन्दी गरिएको हो । सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरि अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भनि युनियनद्वारा शनिबारै जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकार महासंघ शाखा सप्तरीले सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य छैन ।’ विज्ञप्तिमा भनिएको छ ‘शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन शाखा सप्तरी आन्दोलित भएको हो ।’
‘महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा अगाडि उल्लेख छ ‘यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस युनियन शाखा सप्तरी चेतावनी दिन चाहन्छ ।’

No description available.

May be an image of 5 people and text

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको