लोकेन्द्र प्रसाद यादव
बरसाईन । बोदे बरसाईन नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ। नगरपालिकाका ५ वटै माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो। प्रत्येक विद्यालयमा चारवटाका दरले क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ। माध्यमिक विद्यालयमा जडित क्यामेराको निगरानी भने शिक्षा युवा तथा खेलकुद शाखाबाट गर्न मिल्ने व्यवस्था मिलाइएको नगरका शिक्षा अधिकृत रामसगर यादवले जानकारी दिए।

उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको ८ लाख बजेटबाट सिसी क्यामेरा जडान गरिएको हो। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा पठनपाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित निगरानी गर्ने उद्देश्यले सिसी क्यामेराको व्यवस्था गरेका हौँ’, शिक्षा अधिकृत यादवले भने,‘क्यामेरा थप्ने तथा आधारभूत विद्यालयमा समेत सिसी क्यामेरा जडान गर्ने योजना बनाएका उनलेे बताए ।

बोदे बरसाईन नगरपालिका वडा नम्बर -८ का दिलीप कुमार यादवले भने ,यसले अध्यनअध्यापन प्रभावकारी हुनेछ । उनलेे आफ्नो पेशाप्रति बफादार भई काम गर्न सक्रिय हुनेमा विश्वास व्यक्त गरे ।

शैक्षिक क्रियाकलाप र शिक्षकको नियमित निगरानीले विद्यालयमा हुने क्रियाकलाप र शिक्षकको आचरण सुधारमा मद्दत मिल्ने बोदे बरसाईन नगरपालिका प्रमुख प्रशासकीय दिलिप कुमार यादवले
बताउनुभयो।

मोबाइल (ट्याब) मा समेत २० वटै सिसी क्यामेराले कैद गरेको भिडिओ हेर्न मिल्ने व्यवस्था मिलाइएको छ। साथै सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरन लागको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
71
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको