राजविराज । तेस्रो मधेश आन्दोलनका सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा वितरण गर्दै आईरहेको छात्रवृत्ति यस वर्ष विपी माविका छात्र अमन देव र पुष्पाञ्जली माझीलाई प्रदान गरिएको छ ।
आइतबार आयोजित सहिद रामकृष्ण राउतको नवौं स्मृति दिवसको अवसारमा एक समारोहका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंह र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझीले जनही ५ हजार नगद राशीसहितको छात्रवृत्ति र प्रमाणपत्र, स्टेसनरी प्रदान गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा कर्याक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा मधेश आन्दोलनका क्रममा घाइते भएका हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र मण्डल, गोपालराज मण्डल, देव नारायण विश्वासलाई मुख्यमन्त्री सिंहले गमछा ओढाएर सम्मान गरेका थिए ।
प्रत्येक बर्ष सहिद रामकृष्ण राउतको स्मृति दिवसको अवसरमा एसइई परिक्षामा उत्कृष्ट अंक ल्याएर उतिर्ण २ जनालाई पुरस्कार वितरण गर्दै आइरहेको छ ।
२०७२ भदौ २३ गते तेश्रो मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि निधन भएका सहिद रामकृष्ण राउतको स्मृतिमा प्रतिष्ठानले छात्रवृत्ति कोष स्थापना गरी दुई जना जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आइरहेका छन् ।
कार्यक्रममा, जनमत पार्टीका नेता थानेश्वर प्रसाद साह, लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन मण्डल, पुर्व वडा अध्यक्ष भिमराज मण्डल, पुर्व गाविस अध्यक्ष पबन कुमार मण्डल, कंकालीनी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मण मण्डल लगायतले सहिद राउतको बारेमा चर्चा गरेका थिए ।
संचारकर्मी जितेन्द्र कुमार झा जितुद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष धर्मपाल राउतले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost