राजबिराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा ६०औं बाल दिवसको अवसर पारेर शनिबार विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ ।
शिक्षा शाखा प्रमुख विदुर विक्रम थापाको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा हाजिरी जवाफ प्रतियोगिता, सुन्दर लेखन प्रतियोगिताको आयोजना गरिएको हो ।
बुद्धिलाल विद्यामुनर नमुना मावि भगवतपुर बडहरीका प्रधानाध्यापक तुलसी दास चौधरीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरे ।
हाजिरी जवाफ प्रतियोगितामा सामुदायिक र निजी सहित ९ माविका विद्यार्थी सहभागी रहेको जानकारी दिइएको छ ।
यसैगरी सुन्दर लेखन प्रतियोगितामा नगरपालिकाका सामुदायिक विद्यालयहरुका कक्षा ६ देखि ८ सम्मका छात्र छात्राहरुको सहभागीता रहेको थियो ।
हाजिरी जवाफ तर्फ मावि खोक्सर प्रवाह प्रथम , बुद्धिलाल विद्यामुनर नमुना मावि भगवतपुर बडहरी द्वितीय, जनता मावि रामपुर जमुवा तृतिय र ज्ञान ज्योति सकेन्ड्री स्कुल अर्नाहाले सान्त्वना स्थान हासिल गरेका छन् ।
यसैगरी सुन्दर लेखन तर्फ नेपालीमा रामदयाल माविकी छात्रा झरना चौधरी प्रथम, मावि खोक्सर प्रवाहका करण कुमार चौधरी द्वितीय, मावि खोक्सर प्रवाहकी सुष्मिता तामाङ तृतिय र राजोवती मावि कुशहाकी माधुरी कुमारी साहले सान्त्वना स्थान हासिल गरेका छन् ।
यसैगरी अंग्रेजी लेखन तर्फ बुद्धिलाल विद्यामुनर नमुना मावि भगवतपुर बडहरीकी सुष्मा चौधरी प्रथम, रामदयाल मावि कंचन्दाहाकी झरना चौधरी द्वितीय, बुद्धिलाल विद्यामुनर नमुना मावि भगवतपुर बडहरीका पारस बरियार थारु तृतिय र राजोवती मावि कुशहाकी माधुरी कुमारी साहले सान्त्वना स्थान हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको