राजविराज । हिजोदेखि हराइरहेका राजविराजका एक बालकको आज शव भेटिएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ स्थित नेपाल प्रहरीको तालिम केन्द्र अगाडिको नालामा ती बालकको शव भेटिएको हो ।

हिजो दिउँसो पौने ५ बजेतिरबाट ८ बर्षीय बालक प्रिन्स साह हराइरहेका थिए । स्थानीयका अनुसार प्रहरी तालिम केन्द्र नजिकै माछा मारिरहेको दृश्य हेर्न निस्किएका बालक एक्कासी हराइरहेका थिए ।

खोजी गर्ने क्रममा आज बिहान नालामा बालकको शव भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घट्नाको बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको