विनय कर्ण
राजविराज। सप्तरी प्रहरीले मंगलबार विहान भारी परिमाणमा प्रतिबन्धित लागुऔषध गाजाँ सहित एक स्कारपियो र दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित  प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुर देखी कञ्चनपुर तर्फ आउदै गरेको सेतो रङगको विआर ०७ विए ४५७८  स्कारपियोबाट १ सय २० किलो गाजाँ सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा  नम्बर ०४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह-चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको