बोदे बरसाईन । सप्तरीमा शिक्षा सुधार योजना लागु हुनु पर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन ।
सप्तरीको बोदे बरसाईनको काचनमा इन्टेलेक्चुअल फाउण्डेशन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले सामुदायिक विद्यालयहरुमा शिक्षा सुधारको योजना ल्याउनु पर्ने बताएका छन ।
कार्यक्रममा बालवालिकालाई कुलतवाट जोगाउन अभिभावकले खास निगरानि राख्नु पर्ने वक्ताहरुको जोड थियो ।
’मधेश प्रदेश शैक्षिक जागरण अभियान’ अन्तर्गत गरेको शुभकामा अदानप्रदान कार्यक्रममा बक्ताहरुले गुणस्तरीय शिक्षाको लागि मधेशमा अभियानै चलाउनु पर्नेमा बताएका छन ।
फाउण्डेशनका अध्यक्ष डा. सुर्या यादको अध्यक्षतामा भएको कार्यक्रमा राजर्षी विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रप्रसाद यादव, मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव, गोरखापत्र संस्थानका मधेश प्रदेश सम्पादक धीरेन्द्र प्रसाद साह , पत्रकार वडा अध्यक्ष ,कर्मचारी , नागरिक समाजका अगुवा लगायतका वक्ताहरुले मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको लागि शैक्षिक जागरण अभियान चलाउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको