
राजविराज । सबल नेपालले २०औं स्थापना दिवसको अवसर पारेर १९औं साधारणसभाको आयोजना गरेको छ ।
२०६२ साल कार्तिक ७ गते स्थापना भएकाे सबल नेपालले बुधबार राजविराजमा २०औ स्थापना दिवस संगै १९ औं साधारणसभाको आयोजना गरेकाे हाे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेेन्द्र कुमार यादवले सुमदायकाे हितमा निरन्तरर क्रियाशिल भएर काम गर्दै आएको सबल नेपालको प्रशंसा गरे ।
समुदायकाे जिवनमा निरन्तर परिवर्तन ल्याउनुका साथै सबल, सक्षम तथा कर्मठ जनशक्ति उत्पादन गर्न सराहनिय योगदान पुर्याएको बताए ।
कार्यक्रममा सबल नेपालका सिनियर म्यानेजर अशोक साहले आर्थिक बर्ष २०८०/०८१ काे बार्षिक प्रगति प्रतिवेदन तथा २०८१/०८२ काे बार्षिक कार्यक्रम प्रस्तुुत गरे ।
“जकर घरमे चर्पी नहि तकर घरमे शादी नहि”भन्ने मुलनाराका साथ चर्पी निर्माण तथा सरसफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थाले समुदायकाे स्तराेन्तीकाे लागि स्वच्छता एवं सरसफाई सँगै पाेषण, शिक्षा, स्वास्थ्य,महिला क्रिकेटकाे बिकास लगायतका क्षेत्रमा कार्य गर्दै आएका छन् ।
सबल नेपालका अध्यक्ष जुना गिरीकाे अध्यक्षताका आयाेजित उदघाट्न सत्रमा गैससका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, गैसस सप्तरी उपाध्यक्ष बलेदव मण्डल, काेशी पिडित समाजका निर्देशक देवनारायण यादव, स्वेडक अध्यक्ष मिरा देव, शुभकामना मनतव्य व्यक्त गरेका थिए ।