लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर-८ काचनमा हुने विवाहपञ्चमी मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । आगामी मंसिर २१ मा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन बोदे बरसाईन नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष बैजनाथ चाैधरीको अगुवाइमा स्थानीय रामकुमार यादवलाई अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।
गठित समितिका सचिवमा अधिकलाल दास, कोषाध्यक्षमा राजकुमारी भगत, सदस्यमा रामचन्द्र प्रसाद दास रहेको नवगठित मेला समितिका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
विवाहपञ्चमी मेला पुजा उपसमितिका अध्यक्षमा पूर्व वडा अध्यक्ष लक्ष्मी साहलाई चयन गरेको छन् ।
विवाहपञ्चमी मेला व्यवस्थापनका लागि वडा नम्बर- का कार्यालयले ३ लाख विनियोजन गरेको वडा अध्यक्ष बैजनाथ चाैधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको