आर एन यादव/राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जारी उपनिर्वाचनमा ७१.२५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दिउँसो ४ बजे सम्म ७१.२५ प्रतिशत मतदान सम्पन्न भएको हो । ३ बजे सम्म ६९.४३ प्रतिशत मतदान सम्पन्न भएको छ, एसपी खतिवडाले माई संचार डटकम अनलाइनसँग भने, ‘सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’
मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताए । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ र ४ को वडा अध्यक्ष पदका लागि मतदान भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको